१४ कार्तिक २०८३, शनिबार

देश परिवर्तनको संघारमा छ, कसैले चाहेर रोकिने अवस्थामा छैन : राजेन्द्र लिङदेन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले परिवर्तनको संघारमा पुगेको देशलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको ९औं बार्षिकोत्सव समारोहमा उनले देश एउटा परिवर्तनको संघारमा पुगेको भन्दै एक दुई जना कसैले चाहेर परिवर्तन नरोकिने बताएका हुन् ।

उनले भने, ‘सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन् । देश एउटा परिवर्तनको संघारमा पुगेको छ । यो अब एक दुई जना कसैले चाहेर रोकिने अवस्थामा छैन । त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर आउनखोजेको परिवर्तनलाई, जनताको भावनालाई अन्देखा गर्ने र दुर्घटनातर्फ लाने काम कसैले गर्नु हुदैँन् । यो रोकिनेवाला छैन् । त्यसकारण गलतप्रचार गर्ने र समाजमाभ्रमसिर्जना गर्नेभन्दापनि समाधानका सुझावहरु दिनुपर्छ ।’

यसको साथै, उनले राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प नभएको भन्दै राजसंस्था र प्रजातन्त्र सँगै जान सक्ने बताए ।
उनले भने, ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले आज सबैको उपस्थितीमा के आग्रह गर्न चाहान्छु भने राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प होइन । राजसंस्था र प्रजातन्त्र सँगसँगै जान सक्छ, राजा र प्रजातन्त्र सँगै जान सक्छ ।’

सोही कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल सम्बन्धी विधेयक हरेक कुरालाई नियन्त्रण गर्ने र जसरी भएपनि अभिव्यक्ति स्वतन्त्रतालाई बन्द गर्ने भन्ने उद्देश्यका साथ आएको भन्दै यो विधेयक जस्ताको त्यस्तै पास भयो भनेस्वतन्त्रता र प्रजातन्त्र पूरै मासिने बताए ।