१७ असार २०८३, बुधबार

पूर्वराजामाथि प्रचण्डको कटाक्ष- आफ्नै वंश मास्नेले फेरि धाक लगाउन मिल्छ ?

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै वंश मास्नेले अहिले धाक लगाउन नमिल्ने बताएका छन् ।

आज सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कटाक्ष गर्दै आफ्नै वंश मास्नेले धाक लगाउन नमिल्ने बताएका हुन् ।

यस्तै प्रचण्डले पूर्वराजालाई मूर्ति, सुन चोरको आरोप पनि लगाएका छन् ।

उनले भने, वंश मास्ने र मूर्ति चोर्नेहरूले धाक लगाउन मिल्छ ? २५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए, नेपाली जनताले बिर्सिएको छ रु मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?”।