३० असार २०८३, मंगलबार

एमालेले सचिवालय बैठक बोलायो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

सचिव डा. अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।