
काठमाडौं, १ चैत । नेकपा (एकीकृत समाजवादी) ले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ। आज पत्रकार सम्मेलन गरेर पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको हो ।
रोजगारी र सुशासनका लागि आन्दोलन गर्न लागिएको एकीकृत समाजवादीले बताएको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रमहरू-
- चैत्र १ गते पत्रकार सम्मेलन,
- चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,
- चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,
- चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने,
- चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,
- वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने,
- वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन,
- वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने,
- वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने ।








प्रतिक्रिया