१८ असार २०८३, बिहिबार

समाजवादी मोर्चाको बैठक जारी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विरोधसभाको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहेका छन् । बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्। एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन् । यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द सहभागी छन् ।

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया गर्ने बताएको छ भने यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोधसभा स्थगित भएको थियो ।

फागुन २७ गते बसेको मोर्चाको बैठकले सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन चैत १५ गते काठमाडौंमा विरोधसभा गर्ने विपक्षी नेताहरुले बताएका थिए ।