३ असार २०८३, बुधबार

केपी ओलीले सरकारको नेतृत्व गर्दा धेरै राम्रा काम भए : मुख्यमन्त्री कँडेल

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २९ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)  स्थायी कमिटी सदस्य यामलाल कँडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा धेरै राम्रो काम भएको बताएका छन् ।

आज नेकपा (एमाले) भेरीगंगा नगर कमिटीले आयोजना गरेको नगरस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारले नाकाबन्दीको सामना गरेर अब कहिले नाकाबन्दी नहुने गरी उत्तरी नाका खोलेको र संविधानको विरोध गरेका दललाई समेत सहमत गराएर चुच्चे नक्सा जारी गर्नेदेखि धेरै राष्ट्रहितको काम गरेको बताएका हुन् ।

राष्ट्रियता र राष्ट्र रक्षाको लागि काम गर्दा सरकारलाई घेराबन्दी गर्ने काम भईरहेकोले यसलाई सामना गर्न सबै एकजुट हुनु पर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य नवराज रावत, ठम्मर विष्ट प्रदेश कमिटी सचिव धुव्र शाही जिल्ला अध्यक्ष कुलमणी देवकोटा लगायतको सहभागीता थियो ।