१५ कार्तिक २०८३, आइतबार

बोध दिवसको अवसरमा मिथिलामा नौ जोडीले गरे दाईजोमुक्त विवाह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकपुरधाम, २९ फागुन । धनुषाको मिथिला नगरपालिका–२, बेलाचापीस्थित सतलोक आश्रममा नौ नव जोडीले दाईजोमुक्त विवाह गरेका छन् । सन्त गरीब दासजी महाराजको २९९औं बोध दिवसको अवसरमा उक्त विवाह गरिएको हो ।

सन्त रामपालजी महाराजका अनुयायीहरुद्वारा यही फाल्गुन २५, २६ एवं २७ गते सम्मका लागि आयोजित अखण्ड पाठ, विशाल भण्डारा, दाइजो तथा आडम्बरमुक्त विवाह समारोहमा नौं जोडीले दाइजोरहित विवाह गरेको रामपालजीका अनुयायी ओमराज ढकालले जानकारी दिए ।

उक्त अवसरमा रक्तदान शिविर, निःशुल्क मन्त्र दीक्षा लगायतका कार्यक्रमको सञ्चालन भएको थियो । ‘सन्त गरीबदासजी महाराजलाई सन् १७२७ मा १० वर्षको उमेरमा बिहान करीब १० बजे परम अक्षर ब्रह्मकबीर साहेबले एउटा जिन्दा महात्माको भेषमा भेट्नु भई ज्ञान उपदेश दिएको बताइन्छ ।

सोही दिन सन्त गरीबदासजी महाराजको बोध दिवस कहलियो र त्यसै दिनको स्मृतिमा सतलोक आश्रम धनुषा लगायत भारतका सम्पूर्ण ११ सतलोक आश्रमहरुमा तीन दिवसीय विशाल महाभण्डाराको आयोजना गरिएको ढकालले जानकारी दिए ।