३ श्रावण २०८३, आइतबार

बागमती प्रदेश प्रमुखद्वारा फागुपूर्णिमाको शुभकामना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २९ फागुन । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फागुपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक भएको उल्लेख गरेका छन् ।

होली पर्वलाई आपसी भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रूपमा लिइएको उल्लेख गर्दै सन्देशमा उनले पर्वको महत्व खराब प्रवृत्तिलाई नाश गरेर सत्यता र न्यायलाई स्थापित गर्नु हो भनेका छन् ।

‘चाडपर्वले विशिष्ट मौलिक पहिचान बोकेका हुन्छन् । नेपाल सभ्यता र संस्कृतिमा धनी छ । आपसी सद्भाव र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस्,’ सन्देशमा उनले उल्लेख गरेका छन् ।