३१ जेष्ठ २०८३, आइतबार

चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । नेपालले आज जारी चार देशीय महिला टी–२० सिरिजअन्तर्गत आयोजक युगाण्डाको सामना गर्दैछ ।

नेपाली समय अनुसार यो खेल अपरान्ह ४ः४५ बजेदेखि सुरु हुनेछ । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो ।

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।