२७ असार २०८३, शनिबार

प्रकृतिको पुनर्जागरणको दिन हो होली : प्रधानमन्त्री ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले रङ्गको पर्व होलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले होली अर्थात् फागु पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिनका रूपमा मानिने उल्लेख गरेका छन् । ‘आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा मनाउँछौँ, वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ, शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको चिरबिर आवाजले वातावरण रमाइलो बनाउँछ’, ओलीले शुभकामना सन्देशमा लेखेका छन् ।

वसन्त ऋतुमा सबै प्राणी र वनस्पतिको चञ्चल स्वभाव हुने विश्वास रहेको प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा उल्लेख छ ।

‘फागु पूर्णिमालाई वसन्तोत्सव र मदनोत्सव पनि भनिन्छ, हाम्रो प्राचीन शास्त्र वेदमा चन्द्रमालाई मनका देवता भनिएको छ, मनमा हुने भावनात्मक उद्वेगले प्रकृति र पुरुष तत्त्व जागृत भएको र सृष्टि सहज भएको मानिन्छ, यस ऋतुमा सबै प्राणी र वनस्पति चञ्चल स्वभावमा हुने विश्वास गरिन्छ, हर्ष र उमङ्गको क्रीडापर्व फागु पूर्णिमाको सबैलाई शुभकामना, ह्याप्पी होली’, प्रधानमन्त्री ओलीले सन्देशमा लेखेका छन् ।