४ असार २०८३, बिहिबार

वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २७ फागुन । वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ इभी नेक्सन के३ इभी र टाटा सफारी वीरगंजमा लन्च गरेको हो ।

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषिमन्त्री साथै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको प्रमुख आतिथ्यता थियो।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले वीरगञ्जमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा खुशी लागेको बताए । अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा नुसारले रोज्न सक्ने उनको भनाइ छ । बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको बताउँदै उनले टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन सक्नेमा विश्वस्त पारे ।

त्यस्तै प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए । विशेषगरी भारतमा निकै रुचाइएको टाटा कर्भ इभीको धेरै ग्राहकहरु प्रतीक्षा गरिरहेका र गाडी डेलिभरी गर्न पाउँदा
उत्साहित भएको धारणा राखे ।