३२ असार २०८३, बिहिबार

प्रेस चौतारी मधेश प्रदेशको अध्यक्षमा लालबाबु शेख

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । प्रेस चौतारी नेपाल मधेश प्रदेश कमिटीमा नयाँ नेतृत्व चयन भएको छ ।

संगठनको सोमबार भएको प्रदेश अधिवेशनले लालबाबु शेखको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा गौतम श्रेष्ठ र भवानी सुवेदी चयन भएका छन् ।

यसैगरी, महासचिवमा दिवाकर भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् भने सचिवहरूमा ग्यासु मिया देवान, जीवनारायण झा, अनिरुद्र ठाकुर, राकेश यादव, धनवीर महतो र श्याम कुशवाहा निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा जितेन्द्र शाह चयन हुँदा सदस्यहरूमा पिन्टू यादव, गणेशप्रसाद खरेल, अमृता सिंह, शेखर छतकुली, कन्हैया गुप्ता, सफल खतिवडा, देवेन्द्र यादव, राधेश्याम पटेल, ललनकुमार साह, युवराज खडका, आसिक अन्सारी, सुरेशप्रसाद आचार्य, सङ्गीता सिवाकोटी, भोला यादव, धर्मेन्द्र चौरसिया, गौरी न्यौपाने, विना राउत र शम्भु प्रसाद महतो चयन भएका छन् ।