
काठमाडौं, २७ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । मंगलबार फेसबुकमा लेख्दै थापाले लोकतन्त्रको विकल्प राजतन्त्र होइन त्यो सबैले बुझेका छन् भनेका हुन् ।
‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुनसक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो ।’ थापाले भनेका छन्, ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र,सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो ।’
उनले जनताले मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको भन्दै राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिएको उल्लेख गरेका छन् ।










प्रतिक्रिया