
काठमाडौं, २७ फागुन । आज (मंगलबार) संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेका दुई वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको ५० औँ बैठक बस्ने भएको हो ।
सिंहदरबामा बस्ने बैठकमा आज बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिँदैछ ।
यस्तै, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६५औँ बैठक सिंहदरबारमा बस्ने भएको छ । दिनको १ बजे बस्ने आजको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।







प्रतिक्रिया