२८ असार २०८३, आइतबार

भारतका केही नेता नेपालमा राजतन्त्र फिर्ता चाहन्छन्, तर भारतमै किन गर्दैनन् ? : शंकर पोखरेल

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले केही भारतीय नेता, धर्मगुरु तथा प्रशासकहरूले नेपालमा हिन्दु राजाको पुनर्स्थापनाको वकालत गरिरहेको विषयमा प्रश्न उठाएका छन् ।

महासचिव पोखरेलले बेलायती उपनिवेश कालको इतिहास सम्झाउँदै भारतमा ५५० भन्दा बढी रियासतहरू रहेको र तीमध्ये अधिकांशमा हिन्दु राजा, नवाब र महाराजाहरूको शासन रहेको उल्लेख गरे । उनका अनुसार, ती राजाहरूलाई विष्णुको अवतारका रूपमा पनि मान्ने संस्कृति थियो ।

‘सरदार वल्लवभाई पटेलले भारतीय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए । कतिपयले अधिनस्थता अस्विकार गरेपछि बल प्रयोगबाट भारतमा विलय गरिएको थियो ।’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।

महासचिव पोखरेलले वर्तमान सन्दर्भतर्फ इंगित गर्दै भनेका छन्, ‘अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरू नेपालमा हिन्दु राजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्व राजालाई त्यो सम्मान दिनु उचित हुने बताइरहेका छन् ।’ महासचिव पोखरेलले यस्तो वकालत गर्नेहरूको आपत्तिजनक विरोधाभास औंल्याएका छन् ।

‘उनीहरूको चिन्ता उनीहरूले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनर्स्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन, किनकी भारतीय संविधानले त्यसो गर्न दिँदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि । हैन र ?’ महासचिव पोखरेलको भनाइ छ ।

यस्तो छ महासचिव पोखरेलले फेसबुकमा लेखेको स्टाटस:

हिन्दु धर्म र हिन्दु राजाको सन्दर्भ
व्रिटिसहरुले भारतमा उपनिवेश चलाइरहदा ५५० भन्दा वढि रियासतहरुलाई आफ्नो अधिनमा राखेका थिए । तिनिहरुमा अधिकांशमा राजा, नवाव र महाराजाहरु थिए । त्यसमध्ये अधिकांश हिन्दु थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृती पनि थियो । सरदार वल्लवभाई पटेलले भारतिय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए । कतिपयले अधिनस्थता अस्विकार गरेपछि वलप्रयोगवाट भारतमा विलय गरिएको थियो ।
अहिले कतिपय भारतिय नेता, धर्मगुरु र प्रशासकहरु नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन् । विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरु अस्तित्वमा रहेको वताउदै हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन् । नेपालको पूर्व राजालाई त्यो सम्मान दिनु उचित हुने वताई रहेका छन् । उनीहरुको चिन्ता उनीहरुले भन्ने गरे जस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्वी राजा र महाराजाहरुलाई पुनस्थापित गर्दा भयो नि । तर त्यो सम्भव छैन । किनकी भारतिय सम्विधानले त्यसो गर्न दिदैन । नेपालको हकमा पनि त्यस्तै त हो नि । हैन र ?