
पोखरा, २७ फागुन । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पले क्षति पुर्याए/नपुर्याएको विवरण भने आइसकेको छैन ।









प्रतिक्रिया