
काठमाडौं, २६ फागुन । एससीटी यूपीआई कार्ड प्रयोगकर्ताले शुक्रहाउस अफ डायग्नोस्टिक्स एन्ड वेलनेस् सेन्टरमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। कार्ड प्रयोगकर्तालाई छुट दिन स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले सेन्टरसँग सम्झौता गरेको छ।
ग्राहकहरूले इनहाउस रुटिन टेस्टमा २०५, इनहाउस स्पेसियलाइजेसन् टेस्टमा १५५, आउटसोर्स टेस्टमा ५५ तथा एक्सरे, यूएसजी, ईसीजी र इकोमा १०५ छुट पाउने छन्।
सम्झौता अनुसार छुट पाउनका लागि एससीटी यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।
एससीटी यूपीआई कार्ड प्रयोगकर्ताले काठमाडौँ उपत्यकाभित्र घरमै बसीबसी हुने चिकित्सक परामर्श, नर्सिङ केयर र टेलिमेडिसिन सेवामा ५५ छुट पाउने कम्पनीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।









प्रतिक्रिया