१३ असार २०८३, शनिबार

राजावादीले संविधान मार्गभन्दा बाहिर गएर होहल्ला गर्न आवश्यक छैन : शंकर पोखरेल 

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २६ फागुन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताएका छन् ।

आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, “पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट प्राप्त गर्नुभएको छ । यति हुँदासमेत अहिले राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर होहल्ला गर्नु आवश्यक छैन् ।”

राजतन्त्रभन्दा लोकतन्त्र नै जनमुखी रहेको दाबी गर्दै नेता पोखरेलले विकासको सवालमा जनस्तरमा प्रचारप्रसार नभएकै कारण शासन प्रणालीमाथि प्रश्न उब्जिएको धारणा राखेका छन् । अहिले मधेसी जनताको पहिलो रोजाई एमाले रहेको उनको भनाइ छ ।