
काठमाडौं, २६ फागुन । काठमाडौंका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी २ महिना निषेधाज्ञा जारी गरेको हो । जसमा भीभीआइपी र भीआइपीहरुको ओहोरदोहोर हुने, वासस्थान लगायतका क्षेत्र तोकिएका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर पनि निषेधित जारी गरिएको छ । यी स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न पाइँदैन ।










प्रतिक्रिया