१५ कार्तिक २०८३, आइतबार

जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा देश छैन : प्रधानमन्त्री

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा देश नरहेको बताएका छन् ।

आज गैह्रसरकारी संस्था महासंघको ११औँ महाधवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजावादीले पूर्वराजाको स्वागतका क्रममा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रयोग गरेकामा कटाक्ष गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं। अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन।’

प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने फुर्सद नभएको र देश बनाउने अभियानमा अघि लागेको स्पष्ट पारे । आफूहरू हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा रहेको बताएका हुन् ।