१९ असार २०८३, शुक्रबार

विश्वकै तेस्रो प्रदूषित सहर बन्यो काठमाडौं

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौं उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा रहेको हो ।

काठमाडौँको वायु गुणस्तर सूचकाङ्क एक्यूआई १९७ रहेको छ । यस्तै प्रदूषित पहिलो भियतनामको हनोई सहर रहेको छ भने दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली परेको छ ।

वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई १०१ देखि १५० अस्वस्थकर मानिन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्यो भन्दा माथि भएमा ‘खतरनाक’ मानिन्छ ।