
रुपन्देही, २६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १ करोड धरौटी खारेजको माग लिएर उच्च अदालत बुटवल पुगेका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटी माग गरको थियो । उनी बैंक ग्यारेन्टी राखेर रिहा भएका थिए ।
उनले आज उच्च अदालत पुगेर धरौटी खारेज गरेर सामान्य तारेखमा छाड्नुपर्ने माग गरेका छन् ।
लामिछानेलाई थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय यसअघि नै उच्च अदालतमा पुगिसकेको छ ।








प्रतिक्रिया