२७ जेष्ठ २०८३, बुधबार

ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालले भने– यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नु छैन

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जवाफ दिएका छन् ।

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाहीले आइतबार पूर्वराजाको स्वागतमा योगी आदित्यनाथको तस्वीर बारे लगाएको आरोपको जवाफ दिँदै रिमालले गलत सूचनाको सहारामा दुर्घटनाबस मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्तिको संज्ञा दिएका छन् । उनले भनेका छन्– डिसईन्फरमेसनको सहारामा एक्सिडेन्टली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो । यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल–जवाफ गर्नु छैन । कसले कहाँ के गर्दैछ– समाचार त आएकै छ नि !

रिमालले भनेका छन्–

कॉक्रा चोरहरू-
कॉक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा
हत्तपत्त अर्काको गालामा बियॉ टॉसी
कुलेलम ठोक्छन्!
दलालहरू—
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्!
——-
[डिसईन्फरमेसनको सहारामा Accidently मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन। कसले कहॉ के गर्दैछ- समाचार त आएकै छ नि!]

राप्रपाका सांसदसमेत रहेका शाहीले सामाजिक सञ्जालमा लेख्दै पूर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रधानमन्त्रीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार रिमालले राख्न लगाएको आरोप लगाएका थिए ।