१८ असार २०८३, बिहिबार

भूकम्पका विरुद्ध राजनीति नगरौँ : गृहमन्त्री लेखक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २७ फागुन । गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति गर्न आग्रह गरेका छन् ।

भूकम्पीय पुननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यन्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो बताएका हुन् । उनले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताए ।

गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण पुर्नस्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नुपर्ने बताए । उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए ।

डिडिएको काम समयमा सम्पन्न गरि पुननिर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए । भूकम्पले घर भत्किएपछि पुननिर्माण पुर्व गरिने डिडिएका लागी जाजरकोटमाा ५० जना, रुकुमपश्चिममा ४८ जना प्राविधिकले काम गरि रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताए ।

मन्त्री लेखकले जाजारकोट जिल्लामा अलपत्र परेको योजनाहरुका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्वोधन गर्ने बताए । पुर्ननिर्माणको काम छिटोछरितो गरि भूकम्प प्रभाबित जनतालाइ सुरक्षित आवासमा राख्ने लक्ष्य लिएको छ । भूकम्पपछि जति जनताले दुख पाउनु भयो अवका दिन पाउन नदिने गरि सरकार लागी परेको छ । भूकम्प जति बेला पनि आउन सक्ने भएकाले स्थानीय सरकारले विपद जोखिम न्यूनिकरण कोषलाई बलियो बनाउन आग्रह गरे ।

गतवर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्र विन्दु भई गएको भूकम्पले धनजनको क्षति गरेपछि भूकम्पपछि तिन महिना त्रिपालमुनी, बाँकी समय अस्थायी टहरामा जिवन निर्बाह गरेका भूकम्प पीडित जनताका घर निर्माण गर्ने गरि जाजरकोट र रुकुमपश्चिममा काम गर्न कार्यालय स्थापना भएको हो ।