२४ जेष्ठ २०८३, आइतबार

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा नेपालको संविधानको भाग २७ को धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरूको धारणा लिने सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।