
काठमाडौं, २५ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीले गरिरहेको प्रदर्शनले यात्रुहरूलाई सास्ती भएको छ ।
हजारौँको संख्यामा राजावादीहरू पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्न जम्मा भएपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।
कोटेश्वर, तीनकुने, विमानस्थल, गौशाला, चाबहिल क्षेत्रको ट्राफिक व्यस्थापन अस्तव्यस्त हुँदा यात्रुहरूको बेहाल भएको हो । सुरक्षा व्यवस्थाका लागि हजारौँ सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
पूर्वराजा शाहले अहिले पोखराबाट काठमाडौं आउँदैछन् ।








प्रतिक्रिया