२० असार २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २५ फागुन । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ ।

पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचरका लागि जिपी कोइराला अस्पताल पुर्‍याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।