२७ असार २०८३, शनिबार

गौरमा सांसद अमरेश सिंहको पुतला दहन

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २५ फागुन । रौतहटको सदरमुकाम गौरमा संघीय सांसद अमरेशकुमार सिंहको पुतला दहन गरी प्रर्दशन गरिएको छ ।

सांसद सिंहले शुक्रबार सदनमा मेयर शम्भु साहविरुद्ध गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनको समर्थकसँगै गौर नगरपालिकाका पदाधिकारीहरुले नाराबाजी गर्दै विपी चौकमा पुतला दहन गरेका हुन् ।

गैर जिम्मेवारपूर्ण अभिव्यक्तिप्रति नगरको उपप्रमुख, नगरप्रवक्ता, वडाध्यक्षहरु, वडा सदस्य, तथा स्थानीयहरुले ‘सांसद सिंह मुर्दावाद’, ‘भगौडा सांसद अभिव्यक्ति फिर्ता लिएर गौरवासीसँग माफी माग’ भनेर नारा लगाएका थिए ।

प्रदर्शनकारीहरु ब्यानर, प्ले कार्ड बोकेर पुतला दहन गर्दै गौरवासीसँग सांसद सिंहले अविलम्ब माफी नमागेमा उनीविरुद्ध कानुनी कारवाहीको प्रक्रियामा जाने चेतावनी दिएका थिए ।