७ श्रावण २०८३, बिहिबार

तारिख बुझ्न कास्की हिँडे रवि लामिछाने, भोलि रुपन्देही जाने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन् ।

उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए ।

रवि सोमबार रुपन्देहीमा पनि जानेछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगि प्रकरणमा लामिछाने एक करोड धरौटीमा रिहा भएका थिए ।

सहकारी प्रकरणमा चार जिल्ला कास्की, रुपन्देही, चितवन र काठमाडौंमा मुद्धा खेपिरहेका लामिछाने हाल राजनीतिक रुपमा भने निष्क्रिय रहेका छन् ।