१० असार २०८३, बुधबार

एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल, तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को टाइटल स्पोन्सर बनेको छ । शुक्रबार नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको हो ।

नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिगसँग एनसेलको सहकार्यले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्ने जनाइएको छ ।

नेपालका उदीयमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य लिगले राखेको छ । नेपाल र नेपाली उपभोक्तालाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोससँग पनि मेल खाने कम्पनीको भनाइ छ ।
‘हामी एनसेललाई एनएसएलको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित छौं । यो साझेदारीले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउनेछ र बलियो फुटबल संस्कृतिको निर्माणमा सहयोग गर्नेछ’, नेपाल सुपर लिगका म्यानेजिङ डाइरेक्टर श्रेयांश कार्कीले भने ।

‘हाम्रो एनएसएलसँगको सहकार्यले खेल विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। हामी फुटबलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्नेमा विश्वास गर्छौं। एनएसएललाई समर्थन गरेर हामी नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्दै देशलाई गर्व गराउने अवसर दिन चाहन्छौं । यो सहकार्य हाम्रो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रहेको छ र यसले विकास, नवीनता र उत्कृष्टताप्रति समान समर्पणको भावना दर्शाउने खेलकुद क्षेत्रप्रति रहेको हाम्रो गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्छ’, एनसेलका चिफ कमर्सियल अफिसर (सीसीओ) उमैर मोहसिनले भने ।

सन् २०२१ मा स्थापना भएको एनएसएललाई एनएसइएमले अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ ।

नेपाल सुपर लिगको आधिकारिक खेल तालिका २९ मार्च २०२५ बाट सुरू हुनेछ । यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीसहित सात टिमहरूबीच प्रतिस्पर्धा हुनेछ । देशभरका फुटबलप्रेमीका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ, जहाँ विभिन्न टिम उपाधि जित्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एनसेलले अघिल्लो वर्षदेखि नै एनएसएलसँग निकट सहकार्य गर्दै आएको छ । यस साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तर योगदानलाई प्रतिबिम्बित गर्ने जनाइएको छ ।

कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रही एनसेल फाउन्डेसनमार्फत् पारा खेलाडीहरूको सीप विकास र प्रशिक्षणका लागि सहयोग गर्दै आइरहेको छ ।