
विराटनगर, २३ फागुन । नेकपा (एमाले) मोरङको अध्यक्षमा अजम्बर राई विजयी भएका छन् ।
दशौँ जिल्ला अधिवेशन अन्तर्गत आज सम्पन्न मतगणनामा राईको प्यानलनै विजयी भएको हो । राईले ४४६ मत ल्याएर विजयी हुँदा अर्का अध्यक्षका प्रतिस्पर्धी राजकुमार ओझाले ४०७ मत पाए ।
यस्तै, उपाध्यक्षमा सागर थापा विजयी भए भने सचिवमा सोम थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका हुन् ।









प्रतिक्रिया