२ श्रावण २०८३, शनिबार

दीपक मनाङेलाई २० प्रतिशत कैद छुट दिन अदालतको आदेश

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । थुनामा रहेका गण्डकी प्रदेशका सांसद ‘दीपक मनाङे’ भन्ने राजीव गुरूङलाई २० प्रतिशत कैद छुट दिन अदालतले आदेश दिएको छ ।

आज जिल्ला अदालत काठमाडौ.का न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले मनांगेलाई २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। आदेशसँगै मनांगेको १ वर्षको कैद घट्ने भएको हो ।

मनाङले मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए।

२० वर्ष पहिले मनांगेले अर्का गुण्डा नाइके चक्रे मिलनको हात काट्ने गरी गरेको आक्रमणमा सर्वोच्चले पनि मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष कैदको फैसला सुनाएको थियो। घटनालगत्तै पक्राउ परेका उनले २ वर्ष ८ महिना कैद भुक्तान गरिसकेका छन्।

अब २ वर्ष ४ महिना कैद बाँकी रहे पनि उनले एक वर्ष नै कैद छुट पाएका हुन्।