
काठमाडौं, २३ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि गम्भीर आरोप लगाएका छन् ।
यसअघि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि बारम्बार आक्रमणमा उत्रिएका प्रसाईँले प्रचण्डमाथि पनि गम्भीर आरोप लगाएका हुन् ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले प्रचण्डले नातिनीका लागि अमेरिका र स्वीट्जरल्याण्डमा घर किनेर राखेको आरोप लगाएका हुन् ।
प्रचण्डले तराई–मधेश जागरण अभियानका क्रममा राजालाई जनताले फालेका र फेरि पनि टाउको उठाउन खोजे जनताले नै फाल्ने टिप्पणी गरेका थिए । यसकै जवाफस्वरू प्रसाईँले प्रचण्डलाई आरोप लगाए ।
उनले भने, ’म आफैंले २० वर्ष सहयोग गरेको हो नि प्रचण्डलाई । हामीले डडाल्नामा प्रेसर कुरक बम नबोकेको भए आज नातिनीको लागि अमेरिकामा घर किन्न सक्थे ? स्वीटरजल्याण्डमा घर किन्थे रु प्रधानमन्त्री हुन्थे ?’।







प्रतिक्रिया