१५ असार २०८३, सोमबार

ताहाचल कार्यालयमा दैनिक ७५ लाख घुस असुली भइरहेको छ : डीपी अर्याल

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको बताएका हुन् ।

मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर रहेको उनको भनाइ छ । अब मन्त्रालय घुसको अड्डा बनेको हो ?,’ उनको प्रश्न थियो ।

‘देशमा रोजगार नपाएर हरेक दिन युवाहरू विदेशिन परेको समाचार अब नयाँ रहेन । हामीसँग श्रम मन्त्रालय छ । मन्त्रालयको उद्देश्य र काम भनेको रोजगार सिर्जना, युवाहरुलाई देशमा बस्ने वातावरण बनाउने हुनुपर्ने हो । तर मन्त्रालयलाई कहिले बिचौलियाले चलाएको आरोप छ त ट्रेड युनियनका सदस्यहरूलाई विदेश घुमाएको आरोप छ,’उनले भने,‘अहिले आएर भविष्य यहाँ नदेखेर विदेश जान बाध्य श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको सर्बत्र बजारमा जानकारी छ । प्रत्येकदिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको मन्त्री र डीजीलाई जानकारी गराउँदा समेत पनि बेखबर हुनु भनेको अब मन्त्रालय घुसको अड्डा बनिरहेको छ । सरकारको गम्भिर ध्यानाकर्षण होस्’, उनले भने ।