८ असार २०८३, सोमबार

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा वरीयता र जेष्ठता मिचिएको बताएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बढुवा गर्दा सरकारले वरीयता मिचेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको छ ।

सिफारिसको आधारमा र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा.संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निर्णय किन गर्यो ? पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो कि ? महिला नेतृत्व स्वीकार नगरिएको हो ? प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू र सामान्य प्रशासन मन्त्रीज्यूसँग यो संसदले जवाफ माग्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयको सचिवका लागि डा. संगिता कौशल मिश्रा, डा. टंकप्रसाद बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको थियो ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले तेस्रो नम्बरमा रहेका डा. विकासलाई सचिव बढुवा गरेको थियो । महिला पनि भएको र जेष्ठतामा अघि रहेकी संगितालाई सचिव नबनाएर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफू निकट विकासलाई सचिव बढुवा गरेको भन्दै तोसिमाले प्रश्न उठाएकी हुन् ।