
काठमाडौं, २३ फागुन । सरकारले अध्यादेश प्रतिस्धापक विधेयक ल्याउन स्वीकृति दिएको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुबै सदनबाट स्वीकृत भएका अध्यादेशलाई प्रतिस्थापन विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सुशासन प्रबर्द्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश, २०८१, निजीकरणसम्बन्धी अध्यादेश, २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भइसकेका छन् ।








प्रतिक्रिया