
काठमाडौं, २३ फागुन । गुठी संस्थानले राष्ट्रिय धार्मिक सम्मेलन गर्ने निर्णय गरेको छ ।
अघिल्लो ३९९औँ बैठकले गुठी सन्स्थानलाई आधुनिक समयसापेक्ष र गुठीको माध्यमबाट राज्यले सम्पदा संस्कृती र सभ्यताको खोजी अनुसन्धान मार्फत जनताको समृद्धिको लागि एडभान्स रिसर्च सेन्टर खोल्ने निर्णय गरेको एक महिना पछि आज बसेको संस्थानको ४००औ बैठकले इतिहासमा पहिलो पटक रास्ट्रीय धार्मिक सम्मेलन गर्ने निर्णय गरेको हो ।
बाग्लुङ्ग जिल्लाको प्रशिद्ध धार्मिक स्थल कालिका मन्दिरमा आगामी चैते दशैंको अवसरमा दुई दिने सम्मेलन सम्पन्न गर्न गुठी संस्थानका धार्मिक शाखा प्रमुख राजेन्द्र कुमार दाहालको संयोजकत्वमा बागलुङ कालिका मन्दिरका पदाधिकारीहरु रहेको समिति गठन गरिएको छ । धार्मिक सम्मेलनको उद्घाटन राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एक जनाबाट हुनेछ भने मन्त्री, सांसद, बाग्लुङ्ग जिल्लाका जनप्रतिनिधिहरु, देशभरका प्रशिद्ध धार्मिक देवास्थलका महामहन्त, पुजारी र समितिका पदाधिकारी उपस्थित हुनेछन् ।
गुठी संस्थानले गुठीको ईतिहास र यसले अबलम्बन गरेका संस्कृति, सम्पदा सभ्यता र आगामी दिनमा गुठीलाई कसरी अगाडी बढाउने भन्ने सबालमा कार्यपत्र पेश गर्नेछ भने देश कै सर्बोत्तम ब्यवस्थित गुठीको रुपमा सन्चालन र ब्यवस्थापन भएको बाग्लुङ्ग कालिका मन्दिरले धार्मिक सांस्कृतिक पक्षको बारेमा आफ्नो कार्यपत्र पेश गर्नेछ । यस्तै, देशभरका प्रबुद्ध धार्मिक संघसङ्गठनहरुले आ–आफ्ना मन्दिर गुम्बा लगायतका बिषयमा धारणा राख्ने छन् । कार्यक्रममा उपस्थित प्रतिनिधिहरुलाई बाग्लुङ्ग म्याग्दी पर्वत जिल्लाहरुका प्रशिद्ध शक्तिपीठहरुमा भ्रमण अवलोकनको ब्यबस्था गर्ने भएको छ ।
यसैगरी गुठी संस्थानको स्थापनाको ६० बर्षको इतिहासमा पहिलो पटक गुठी सन्थानको अधिनमा रहेका तर ब्यवस्थित हुन नसकेका राजगुठी अन्तर्गतको जग्गा मठ मन्दिरको बारे खोजबिन गर्ने, नापजाँच गर्न बाँकी रहेका जग्गाहरुको पहिचान र प्रतिबेदन तयार गर्ने, गूठी तैनाथी जग्गाहरुको हालसावी गर्ने, त्यस्ता जग्गाहरुमा बनेका संरचना र पसलहरुको यकित अवस्था पहिचान गर्ने, गुठी तैनाथी जग्गामा तीनै तहका सरकारहरुले प्रयोग गरेको अवस्था यकिन गर्ने, ती निकायहरुले गुठीलाई तिर्न बाँकी रहेको गुठी बक्यौता वा कूतको विवरणको बास्तविकता ल्याउन नियमित प्रतिबेदन पेश गर्नेगरी गुठी संस्थानका सञ्चालक समिति सदस्य टेकराज पौडेलको सम्योजकत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको छ । समितिको सदस्यमा अर्का सदस्य दीपक कुमार पाठक र कर्मचारी सहज (समन्वयकर्ता) निराजन पौडेल रहेका छन् ।








प्रतिक्रिया