१३ असार २०८३, शनिबार

पोखरामा भूमिपूजन रोक्न खोज्दा प्रहरीमाथि आक्रमण, झडपमा केही घाइते

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ फागुन । पोखरामा कोटीहोम आयोजना गरेको सेवा फाउन्डेसनले आयोजना गरेको भूमिपूजनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।

लेकसाइडस्थित बाराहीघाटमा फाउन्डेसनले कोटीहोम आयोजनाका लागि भूमिपूजन गर्न लाग्दा प्रहरीले रोक्दा खोजेको थियो ।

पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न लागिएको भन्दै रोक्न खोजेको थियो । महानगरका प्रहरीसहित नेपाल प्रहरी भूमिपूजन रोक्न पुगेपछि कोटीहोम पक्षधरले आक्रमण गरेका थिए ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।