
काठमाडौं, २३ फागुन । सिरियाको राजधानी दमास्कसमा नयाँ सरकारप्रति वफादार सेना र सत्ताबाट बहिर्गमन गरिएका असद शासनका समर्थकबीच भीषण लाडाइँ भएको छ ।
देशको उत्तर पश्चिम तटीय क्षेत्रमा रुसी नियन्त्रित एअरबेस नजिक लताकिया प्रान्तमा भएको झडपमा कम्तिमा दर्जनौं मानिसको मृत्यु भएको हो। डिसेम्बरमा बशर अल–असदको पतनपछि सिरियाकी इस्लामी सरकारसँग जोडिएको सेनासँग अहिलेसम्म हिंसात्मक झडप जारी छ ।
मारिएका मानिसको संख्याबारे भिन्न भिन्न अनुमान छन् । बिहीबार मध्यरात सिरियास्थित टेप न्यूज एजेन्सीका अनुसार सरकार समर्थिक बलको आक्रमणमा करिब ७० पूर्व सरकारी लडाकू मारिएका छन् । जहाँ २५ भन्दा बढी जबलेह र उसको आसपासको क्षेत्रमा पक्राउ गरिएको छ ।
यसबाहेक एएफपी समाचार एजेन्सीले एक युद्ध पर्यवेक्षकलाई उदृत गर्दै कूल ४८ जना मारिएको र जसमा सरकरी सुरक्षाकर्मी र २८ जना असद समर्थक लडाकू र चार जना आम नागरिक रहेको बताएको छ ।









प्रतिक्रिया