२४ असार २०८३, बुधबार

एमडीएमएस भ्रष्टाचार : पूर्वअध्यक्षद्वय झा र खनाल दोषी ठहर

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल सहित ३ जना दोषी ठहर भएका छन् । बिदेशी नागरिक मोद नुर अमिन बीन मोद नुर खान दोष ठहर भएका हुन् ।

विषेश अदालतले उनीहरुलाई दोषी ठहर गर्दै एक/एक वर्ष कैद सजाय सुनाएको हो । साथै झा र खनाल संस्थाको अध्यक्ष भएकोले उनीहरु दुबै जनालाई एक महिना थप कैद सजाय हुने ठहर भएको छ । यस्तै तीन विदेशी कम्पनी पनि दोषी ठहर भएका छन् ।

बिशेष अदालतका अध्ययक्ष एवम न्यायाधीश टेकनारायण कुँवर, रितेन्द्र थापा र बिदुर कोइरालाको संयुक्त इजलासले ३ व्यक्तिसँगै न्यूमेरा (एम) एसडीएनबीएचडी मलेसिया, नमस्ते ग्लोबल कम्पनी प्राइभेट लिमिटेड सिंगापुर, ओएसआई डिजिटल प्राली इण्डिया जेभीलाई संयुक्त रुपमा २३ करोड २० लाख ५९ हजार ३१४ रुपैयाँ बिगो तथा त्यति नै जरिवान पनि भराउने फैसला गरेको छ । बिगो र जरिवाना जोड्दा सबैले संयुक्त रुपमा ४६ करोड ४१ लाख १८ हजार ६२८ रुपैयाँ तिर्नुपर्ने फैसला भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्ष अघि २०८० चैत १५ मा प्राधिकरणका तत्कालिन अध्यक्ष झा सहित २० जनालाई प्रतिवादी बनाएर बिशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो । उनीहरु विरुद्ध जम्मा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

अन्य प्रतिवादी प्राधिरकणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाला हाडा, मिनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, संदिप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सुर्यप्रसाद लामिछाने, प्रतिक्षा पौडेल, विजयकुमार राय र निराजन कोइरालालाई भने सफाई पााएका छन् ।