८ असार २०८३, सोमबार

काठमाडौंमा टिपर अनियन्त्रित भएर घरभित्र पस्यो, सुतिरहेका तीनजनाको मृत्यु

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । काठमाडौंको शंखरापुर नगरपालिकामा टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा पस्दा सुतिरहेका तीनजना घाइते भएका थिए ।

उनीहरूको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको हो । मृत्यु हुनेमा २१ वर्षका आकाश र सुमन तथा ४५ वर्षका हरिजनको मृत्यु भएको हो ।