२४ असार २०८३, बुधबार

एमाले मोरङ अधिवेशन : राई र ओझाबीच कडा टक्कर, २३ मतको मात्रै मतान्तर

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ। २३ फागुन । नेकपा (एमाले) मोरङको दशौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ ।

मतगणनामा अध्यक्षका दुई दावेदारबीच कडा प्रतिस्पर्धा देखिएको हो । आज बिहान पछिल्लो पटक प्राप्त मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवारहरू अजम्बर राई र राजकुमार ओझाबीच जम्मा २३ मतको मात्रै मतान्तर छ ।

४३९ मत गन्दा राईले २२५ मत ल्याएका छन् भने ओझाले २०२ मत पाएका हुन् ।

यस्तै, उपाध्यक्षमा सागर थापाले २२८, शान्तिकुमारी लिम्बूले १८२, सचिवमा सोमराज थापाले २३० र रविन थापाले १८०, उपसचिवमा सन्तोष वान्तवाले २३९, इर्जालाल राजवंशीले १६३, शिल्पा कार्कीले २०७ र उषा झाले २०४ मत ल्याएका छन्।