४ श्रावण २०८३, सोमबार

एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारण सभा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । एन आई सी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा बिहीबार काठमाडौं सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु माथि छलफल गरी स्वीकृत गरेको छ । साथै बैंकले प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु १०० का दरले रु ५ अर्ब बराबरको एन आई सी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।