२ श्रावण २०८३, शनिबार

पूर्वराजालाई प्रधानमन्त्रीको चुनौती- संविधानले राजालाई चिन्दैन, लोकप्रिय हुनुहुन्छ भने चुनाव लड्नुस्

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव लडेर आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

आज महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिलेको संविधानले राजालाई नचिनेको भन्दै चुनाव लड्न चुनौती दिएका हुन् ।

उनले भने,‘छाया सारेर होइन लोकप्रिय हुनुहुन्छ भने आफूलाई अगाडि सर्नुस् न चुनाव लड्नुस जहाँ पनि चुनाव लड्न खुला छँदै छ । पार्टी खोल्नुस् खुलेको पार्टीलाई मेरो भन्नुस्। अलि अलि अलि टाउको निकाल्ने निकाल्ने जस्तो गर्ने अनि अफ्टयारो परेपछि कछुवा तालले टाउको लुकाउने ?’ ।

अराजकको बाटोबाट, बलमिच्याई, झारीबाट निस्केर, कोही कत्लेआमको बाटो भएर सिंहासनमा बस्छु भन्ने कुरा नेपाली जनतालाई स्वीकार्य नभएको स्पष्ट पारे ।