२३ असार २०८३, मंगलबार

राजा फर्किने हल्लामा प्रधानमन्त्रीको जवाफ- खुट्टी देख्दै पत्याइयो

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजा फर्किने हल्लाबारे पत्रकारहरूलाई जवाफ दिएका छन् ।

आज संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनले राजा फर्कने कुनै सम्भावना नरहेको आशय व्यक्त गरेका हुन् ।

एक महिला महिला पत्रकारले सोधेकी थिइन्, ‘तपाईंको अनुहार एकदम मलिन देखिएको छ । कसैसँग बोल्न चाहनुहुन्न । राजावादीहरुले त राजालाई वैशाख ११ गते दरबारमा राखेरै छाड्छु भनेको छ नि त ? राजगद्दीमा बसालेरै छाड्ने रे । तपाईंले के भन्न चाहनुहुन्छ ?,’ ।

जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘राजगद्दीजस्तो कुर्सीमा त तपाईंलाई पनि राख्न सकिन्छ नि । होला‘ । खुट्टी देख्दै पत्याइयो ।’