३१ जेष्ठ २०८३, आइतबार

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष लागूऔषध कारोबारमा दोषी ठहर

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागूऔषध कारोबारमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तालाई दोषी ठहर गरेको हो ।

गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबी पनि दोषी ठहर भएका छन् । अदालतले अन्य दुई अभियुक्त रामा गुप्ता ९रामा साह० र जितेन्द्र पासवानलाई भने सफाइ दिएको छ ।

धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अध्यक्ष गुप्तासहित धोबीलाई सजाय निर्धारणको लागि फागुन २९ गते पेसी तोकिएको छ ।