
काठमाडौं, २१ फागुन । अमेरिका अवैध रूपमा प्रवेश गरी बसोबास गर्दै आएका ९ जना नेपालीलाई नेपाल फर्काएर प्रहरीको जिम्मा लगाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले उनीहरूलाई प्रहरीको मानव वेचबिखन व्यूरोलाई जिम्मा लगाएको हो ।
अवैध रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई लिएर अमेरिकी चार्टड विमान आज बिहान १० बजे त्रिभुवन विभानस्थलमा अवतरण गरेको थियो ।
फर्काइएका ९ जनामध्ये १ जना महिला र ८ जना पुरुष रहेका छन्।








प्रतिक्रिया