
काठमाडौं, २१ फागुन । संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ।
संसद सचिवालयका अनुसार महासचिव स्तरीय निर्णयबाट पत्रकारद्वयस् प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै उनीहरूले प्राप्त गरेको संसद प्रवेश पास निलम्बन गरिएको हो।
उनीहरूले गत फागुन ४ गते प्रधानमन्त्री ओलीलाई अमर्यादित शब्द प्रयोग गरी प्रधानमन्त्रीलाई तानाशाह र हिटलर जस्ता शब्द प्रयोग गर्दै प्रश्न सोधेका थिए ।








प्रतिक्रिया