
काठमाडौं, २१ फागुन । भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ ।
च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
भारतको जितमा विराट कोहलीले सर्वाधिक ८४ रन बनाएका थिए भने श्रेयस अय्यरले ४५ रन बनाएका थिए ।
त्यस्तै, केएल राहुलले ४२ बनाए भने कप्तान रोहित शर्मा र हार्दिक पाण्डेयले २८-२८ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुँदै २६४ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७२ रन बनाए भने एलेक्स केरीले ६१ रन बनाएका थिए ।
त्यस्तै, ट्राभिस हेडले ३९ रन बनाए भने मार्नस लाबुसचागनेले २९ रन बनाएका थिए । बेन ड्वारशुइसले १९ र नाथन एलिसले ११ रन बनाएका थिए ।
त्यसैगरी, भारतीय बलर मोहमद शामीले ३ विकेट लिए भने वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २/२ तथा हार्दिक पाण्डेय र अक्सर पटेलले एक/एक विकेट लिए ।
अब फाइनलमा भारतले आज हुने दोस्रो सेमिफाइनलको दक्षिण अफ्रिका र न्युजील्याण्डबीचको विजेतासँग आगामी आइतबार फाइनलमा खेल्ने छ ।








प्रतिक्रिया