
काठमाडौं, २० फागुन । कलाकार जोडी सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट सफाइ पाएका छन् ।
चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उठेको रकम दुरुपयोग गरेको आरोपमा धुर्मुस–सुन्तलीविरूद्व अख्तियारमा उजुरी परेको थियो ।
धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई चितवन क्रिकेट संघमा तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले गत २०७८ साल माघ २ गते मुद्दा दायर गरेका थिए ।
सहयोग रकमलाई फाउन्डेसनले प्रक्रियागतरूपमा नै खर्च गरेको अख्तियारको ठहर छ । फाउन्डेसनले प्राप्त गरेको सरकारी रकमलाई नियम र प्रक्रियासंगतरूपमा नै खर्च गरिएको पाइएकाले उजुरीलाई तामेलीमा राखिएको हो अख्तियारले जनाएको छ ।








प्रतिक्रिया